सञ्चित कोष व्यवस्थापन प्रणाली तालिम सुरु
सोलुखुम्बु, फागुन ७
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीसम्बन्धी तीन दिने तालिम सोलुखुम्बुको सल्लेरीमा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुको आयोजनामा सोमबारबाट जिल्लास्तरीय सञ्चित कोष व्यवस्थापनसम्बन्धी तालिम सल्लेरीको एक होटलमा सुरु भएको हो ।
स्थानीय तहको बजेट र खर्चलाई सफ्टवेयर सूत्रमार्फत केन्द्रमा जडान गर्ने उद्देश्यले तालिमको आयोजना गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यक्रममा सोलुखुम्बुका आठवटा स्थानीय तहका लेखापाल र योजना अधिकृत गरी १६ जनाको उपस्थिति छ ।
तालिममा विभाज्य कोषको व्यवस्था, राजस्वका शीर्षकहरुको वर्गीकरणलगायतको विषयमा छलफल हुने महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत प्रकाश गौतमले बताए । आर्थिक पक्षमा स्थानीय तहका कर्मचारीले भोगेका समस्या समाधानका लागि पनि यो कार्यक्रम लाभदायी हुने उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रमा आचार्यले अनियमितताको प्रश्न उठ्न नदिने गरी काम गर्न सबै स्थानीय तहका कर्मचारीलाई आग्रह गरिन् । तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गदै गाउँपालिकामा गुनासो रहित काम गर्न समेत प्रमुख जिल्ला अधिकारीले सबैलाई निर्देशन समेत गरे ।
यस्तै जिल्ला समन्वय समिति प्रमुख वीरकुमार राईले वित्तीय सुशासन कायम गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताए । सबै ठाउँमा कर्मचारीले चाहेको खण्डमा सुशासन कायम हुने उनको भनाइ छ । कर्मचारीले व्यक्तिगतभन्दा पनि राष्ट्रको लागि सोचेको खण्डमा राष्ट्र निर्माण गर्नमा कुनै समस्या नआउने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया