समृद्धि फाइनान्सद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
काठमाडौं । समृद्धि फाइनान्सले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । बैंकले जेठ २८ गते शनिबार ज्येष्ठनागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ७० वर्षभन्दा माथि उमेरसमूहका ज्येष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तीन सय जनालाई सम्मान गरिएको व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिकोरूपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशवराज जोशी, हेटौंडामा हेटौंडा उ.न.पा.का उपमेयरराजेश बानियाँ, पोखरामा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा, नारायणगढ शाखामा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराई र बुटवल शाखामा सञ्चालक सुजन अधिकारीको उपस्थिति रहेको फाइनान्सले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया