Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा चण्डेश्वरी आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा चण्डेश्वरी आधारभूत विद्यालयलाई सहयोग


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले धादिङस्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजनका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोगको रकमको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।

बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, विजय तामाङ र सुदिप श्रेष्ठले संयुक्तरूपमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र प्रधान्याध्यपक डिल नारायण श्रेष्ठलाई चेक हस्तानतरण गरेका हुन् । कक्षा ८ उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम तथा गत शैक्षिक सत्रका उत्तीर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदनधिकारीहरू, शिक्षक, यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, अभिभावक, सल्यान्टार बचत तथा ऋण सहकारीको प्रबन्धक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

बैंकका तर्फबाट पनि उक्त कार्यक्रममा आधिकारिक कर्मचारीहरू उपस्थिति रहेको थियो । यस सहयोगबाट संस्थाले विद्यार्थीहरूलाई अध्यन गर्न रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया