सवारीचालकलाई सचेतना जगाउने र अनुशासित बनाउने ट्राफिक बोर्ड
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीचालकहरूलाई सचेतना जगाउन र स्वअनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान सञ्चालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेउपर कारबाही अभियानलाई पनि तीव्रता बनाएको जनाएको छ । दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भएअनुसारको सचेतनाका लागि सूचना टाँस गरेको कार्यालय प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।
‘बोर्डमा सवारी नियम जरिवानासम्बन्धी विभिन्न जनचेतनामूलक कुराहरू राखेका छौँ,’ उनले भने, ‘यसले सडक प्रयोग गर्नेहरूलाई सचेत गराउने र दुर्घटना न्यूनीकरणमा सहयोग पु-याउने अपेक्षा छ ।’ यस्ता बोर्डहरू माइतीघर, सिंहदरबार, पद्मोदय, पुत्तलीसडक, सीतापाइला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालजु, गोंगबु, ग्रीनल्यान्ड, सल्लाघारी, सूर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थानलगायत उपत्यकाको विभिन्न स्थानहरूमा सडकको बीच भागमा राखिएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया