पाँच प्रतिशत उम्मेदवारले मात्रै बुझाए खर्चविवरण
सोलुखुम्बु । सोलुखुम्बुका ५ प्रतिशत निर्वाचित जनप्रतिनिधि तथा उम्मेदवारहरूले मात्रै निर्वाचन खर्च विवरण पेस गरेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका ५ दशमलव ७ प्रतिशत अर्थात् ४७ जना उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधहरूले मात्रै निर्वाचन खर्चविवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाको माप्यदुधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईसहित २९ जनाले खर्चविवरण पेस गरेको कार्यालयका सूचना अधिकारी नेत्र प्रसाद घिमिरेले जानकारी दिए । यस्तै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र उपमेयर गान्धी माया तामाङसहित आठ जना, नेचासल्यान गाउँपालिका अध्यक्षका प्रत्यासीहरू डुफकुमार बास्तोला र विष्णु प्रसाद बास्तोला र महाकुलुङ गाउँपालिका अध्यक्षका उम्मेदवार भक्त राई र उपाध्यक्षका उम्मेदवार शुभधनी राईसहित जना आठ जनाले खर्च विवरण पेस गरेको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम मत परिणाम घोषणा भएको ३० दिनभित्र विजयी तथा पराजित सबै उम्मेदवारहरूले अनिवार्यरूपमा निर्वाचन खर्च पेस गर्नुपर्ने प्रावधान रहेको छ । तोकेको समयभित्र खर्चविवरण पेस नगरेका उम्मेदवारहरूकोे नाम कारबाहीका लागि सिफारिस गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरूलाई पत्राचार गरेको छ ।
गत वैशाखमा सम्पन्न निर्वाचनमा सोलुखुम्बुमा आठ सय सात जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा सोलुदुधकुण्ड नगरपालिकामा एक सय ८९, थुलुङ दुधकोशी गाउँपालिकामा एक सय ४४, नेचासल्यानमा ९३, सोताङमा ८०, महाकुलुङमा ८०, माप्यदुधकोशीमा ८५, खुम्बु पासाङ ल्हामुमा ६२ र लिखुपिकेमा ८५ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया