सुबास बस्नेत
दोलखा, फागुन १२
भूकम्पले क्षति पु-याएका सयौँ विद्यालयका भवनहरू नक्साविना नै निर्माण सम्पन्न भएको पाइएको छ । जिल्लामा निर्माण भएका तथा निर्माणाधीन अवस्थामा रहेका कुनै पनि विद्यालय भवनको नक्सा पास नभएको पाइएको हो । दोलखाको २ नगरपालिका र ७ गाउँपालिकामा जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षामार्फत बनेको एक सय ८३ ओटा विद्यालय भवनमध्ये कुनै पनि भवनको नक्सा पास नगरिएको पाइएको हो । सरकारले भूकम्पपछि निर्माण गरिने निजी आवासलाई समेत नक्सा पास गर्नु अनिवार्य गरेको छ । तर, सयौँको संख्यामा विद्यार्थी पढ्ने दोलखाको सयौँ विद्यालय भवन भने नक्सा पासविना नै निर्माण गरिएका छन् ।
विभिन्न दातृ निकाय, एनजीओ, आईएनजीओले जिम्मा लिएर बनाइएको विद्यालय भवनको समेत नक्सा पास गरिएको छैन । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा, एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसओएस बालग्राम, फोरुट नर्वेलगायत विभिन्न गैरसरकारी संस्थाहरूले निर्माण गरिसकेको कुनै पनि विद्यालय भवनको नक्सा पास गरिएको छैन । साथै भारत र चीन सरकारमार्फत जिल्लामा बनाइँदै गरिएको करिब डेढ दर्जन विद्यालय भवनमध्ये कुनै पनि भवनको नक्सा पास नभएको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।
बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२, भवन संहिता २०६०, भवन नियमावली २०६६ अनुसार सार्वजनिक भवनको स्ट्रक्चरल डिजाइनसहितको नक्सा पास नभएसम्म भवन निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ । सरकारले निर्माण गरेको मापदण्ड, संहिता र नियमावलीमा नक्सा पास नगरी सार्वजनिक भवन निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ । तर, आपतकालीन प्रतिकार्यको हवाला दिँदै नक्सा पास नगरी कानुनी व्यवस्थाविपरीत दोलखामा करिब दुई सय २० वटा विद्यालय भवन निर्माण भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया