दोलखा । मनसुन भित्रिएपछि जिल्लामा यसवर्ष बाढीपहिरोको कारण एक सय ८५ घरपरिवार प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकअनुसार जिल्लाभर बाढीपहिरोले यस वर्ष पनि धेरै बस्ती जोखिममा पारेको छ । पहिरोले तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा धेरै क्षति गरेको छ । गाउँपालिकाभित्र पहिरोको कारण २८ घरपरिवार प्रभावित भएका छन् भने १५ घरमा पूर्णरूपमा क्षति पूगेको छ । पालिकाको वडा नम्बर ४ पहिरो १५ घरमा क्षति पुगेको छ भने वडा नम्बर २ का १३ घरपरिवार उच्च जोखिममा छन् ।
त्यसैगरी जिल्लाको जिरी नगरपालिकामा पहिरोको कारण २६ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । जिरी नगरपालिका वडा नम्बर–३ मा गत असार २९ गते अविरल वर्षासँगै खसेको पहिरोको कारण १४ घरपरिवार विस्थापित बनेका छन् भने सोही राति गएको पहिरोले वडा नम्बर २, ४ र ६ का थप ८ घर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी विगत तीन वर्षदेखि आइरहेको कालिञ्चोक गाउँपालिका–५ लापिलाङ पहिरोले यस वर्ष थप चार घर बगाएको छ भने ४० घरपरिवारलाई प्रभावित बनाएको छ । लापिलाङमा अहिले पनि पहिरो बगिरहेको छ । रानी भिरबाट सुरु भएको यस पहिरोले हालसम्म यहाँका करिब दुई सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन् । पहिरोले तीन वर्षको अवधिमा ३७ घर बगाइसकेको छ ।
गत वर्षको तुलनामा जिल्लाको गौरीशंकर गाउँपालिका पनि यस वर्ष पहिरोका घटना वृद्धि भएको छ । दुई वर्षअघि पनि गौरीशंकर गाउँपालिका पहिरोले ठूलो जनधनको क्षति गरेको थियो । यस वर्ष पनि सो गाउँपालिका १९ घरमा क्षति पु-याएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमीगाउँमा गत साउन ८ गते बस्तीमाथिबाट झरेको पहिरोले १९ घरलाई क्षति पु-याएको छ । त्यसैगरी विगु गाउँपालिका वडा नम्बर–४ पहिरोको कारण २५ घरपरिवार जोखिममा परेका छन् भने शैलुङ गाउँपालिकाभित्रका विभिन्न ठाउँमा गएको पहिरोका कारण २२ घरपरिवार पहिरोको जोखिममा रहेकोे प्रहरीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया