काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर १ रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ । माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।
यससँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा चार प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा दुई प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा दुई प्रतिशतसम्म तथा हवाइजहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माई पेको भनाइ छ । उदाहरणको लागि माई पेबाट एक हजार रुपैयाँको मोबाइल टपअप गरेमा चार प्रतिशत (४० रुपैयाँ) फिर्ता हुन्छ । जसमा २० रुपैयाँ क्यासको रुपमा ग्राहकको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ ।
माई पेबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने माई पेको भनाइ छ । यसरी प्राप्त भएको क्वाइन ग्राहकहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ । अब ग्राहकले अर्काे कारोबारको रुपमा एक हजार रुपैयाँको कुनै इन्टरनेटको बिल भुक्तानी गरे । अब ग्राहकले बिल भुक्तानी गर्दा माई पे वालेटमा तीनवटा विकल्प देखाउँछ ।
पहिलो विकल्प छनौट गर्दा ग्राहकको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा ग्राहकले वालेटमा बैंक लिंक गरेको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा ग्राहकले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नेछन् । जस्तो एक हजार रुपैयाँको बिल तिर्दा नौ सय ८० रुपैयाँ बालेटमा भएको रुपैयाँबाट र २० रुपैयाँ माई पे क्वाइनबाट भुक्तानी गर्न सकिनेछ । यस भुक्तानीपछि पनि ग्राहकले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नेछन् । उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पेले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माई पेले जनाएको छ । माई पेका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोगकर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।
‘हालसम्म सञ्चालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो’, माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगदसरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन सञ्चालनमा ल्याएका छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया