सफ्टवेरिका कलेजको निःशुल्क इथिकल हृयाकिङ र साइबर सेक्युरिटी वर्कशप
काठमाडौं । सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’सम्बन्धी निःशुल्क वर्कशप सम्पन्न भएको छ । कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरी एक दिने कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम शनिबार सफ्टवेरिका कलेजमा सम्पन्न भएको हो ।
कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेन्ट जेभियर कलेज, काथफोर्ड इन्टरन्यासनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआइटी, केयमसीलगायत विभिन्न विद्यालयबाट र पासआउट दुई सय जना विद्यार्थीहरू सहभागी भएको कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङले जानकारी दिए ।
वर्कशपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटीबीचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्-याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोगबारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ । उक्त वर्कशपमा मनोजलगायत कृतिश ढुंगेल, महनराज राजा जीएम, सचिन चौलागाई, विवेक सुवेदी र युफान लिम्बुले तालिम दिएका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया