ग्लोबल आईएमईद्वारा निक्षेप बीमाबापतको चेक हस्तान्तरण
काठमाडौं, फागुन १३
ग्लोबल आईएमई बैंकले निक्षेप बीमाबापतको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्वर्गीय राजुु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बीमितले पाउने रकम पाँच लाख निजको परिवारलाई हस्तान्तरण गरेको हो ।
बैंकका नायब महाप्रबन्धक सुरेन्दराज रेग्मीले स्वर्गीय राजु गिरीको परिवारलाई बीमाबापतको रकम हस्तान्तरण गरेका हुुन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले दुुई सय ७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, दुुई सय ५६ एटीएम तथा दुुई सय ४९ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १९ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया