Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपूर्वी क्षेत्रका उद्योगी व्यवसायीलाई कर, भन्सार र भीसीटीएससम्बन्धी प्रशिक्षण

पूर्वी क्षेत्रका उद्योगी व्यवसायीलाई कर, भन्सार र भीसीटीएससम्बन्धी प्रशिक्षण


काठमाडौं । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीलाई कर, भन्सार र भेहिकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भीसीटीएस) सम्बन्धी प्रशिक्षण दिइएको छ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल र मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन प्रदेश १ विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा मोरङ अटोमोबइल्स डिलर्स एसोसिएसनमा आबद्ध विभिन्न फर्म कम्पनीका गरी ८० जना व्यवसायीको सहभागिता थियो । कार्यक्रमका सहभागीहरुलाई इटहरी राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत तीर्थराज खनाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत सूर्य पोखरेल र कर अधिकृत रमेश ओझाले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी उक्त कार्यक्रममा भन्सार कार्यालय रानीका अधिकृत अरुण पौडेल र अधिकृत अमित तिवारी तथा चार्टर्ड एकाउन्टेन्ट साहिल अग्रवालले समेत प्रशिक्षण दिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले हाल सवारीसाधन आयात गर्न बन्देज भएको अवस्थाले यो व्यवसाय नै धराशायी भएको बताए । यस्तै मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले व्यावसायिक एकतामा जोड दिए ।

यस्तै अध्यक्ष श्रेष्ठले एसोसिएसनले यस किसिमका विभिन्न व्यावसायिक क्षेत्रलाई टेवा पु-याउने किसिमका तालिम गर्दै आइरहेको जानकारी दिए । आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनको भनाइ थियो । कार्यक्रममा कर, भन्सार तथा भेहिकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भीसीटीएस) सम्बन्धी विषयमा जानेर वा नजानेर कतिपय व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनुपर्ने विषयवस्तु र भीसीटीएसले व्यवसायमा कसरी सहयोग पु-याउनेछ भन्ने सामान्य जानकारी समेत नहुने भएकाले यो प्रशिक्षण कार्यक्रमबाट सम्पूर्ण व्यवसायी प्रतिष्ठानदेखि स्वयं व्यवसायीहरु प्नि लाभान्वित भएको सहभागी व्यवसायीहरुको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया