रेमण्डको सातौँ शोरुम गोल्फुटारमा
काठमाडौं । सर्टिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डले आफ्नो सातौँ शोरुम गोल्फुटार बूढानीलकण्ठमा विस्तार गरेको छ । उक्त शोरुमको सोमबार एक कार्यक्रमबीच राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले उद्घाटन गरेका हुन् । नयाँ शोरुममा टेलरिङ्ग सेवाबाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाइन्ट तथा अन्य रेडिमेड सामग्रीहरु उपलब्ध छन् ।
यस ब्राण्डका कपडाहरुमा खुम्चिने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने शोरुमको दाबी छ । यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरी, महेर, आन्गोराजस्ता उच्चकोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेमण्डका उत्पादनहरु अन्य ब्राण्डको उत्पादनभन्दा स्तरीय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमण्डको दाबी छ ।
साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामग्री अष्टे«लियाबाट ल्याइने बताइएको छ । रेमण्डका अध्यक्ष सञ्जय अधिकारीले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै निश्चित मूल्य समेत भएको बताए । पुतली सडकमा सन १९९९ मा सञ्चालनमा आएको रेमण्डको ब्राण्डहरु हाल दरबारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा छन् । साथै यसले बुटवल, पोखरा, विराटनगरमा पनि शाखाहरु विस्तार गर्ने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया