Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिरोटरीको बाख्रापालनमा सहयोग

रोटरीको बाख्रापालनमा सहयोग


काठमाडौं । काभ्रेको मण्डनदेउपुर वडा नं ९ को श्री संघर्षशील महिला सहकारी संस्थाका २५ महिला सदस्यहरुले बाख्रापालनको लागि सहयोग पाएका छन् । रोटरी क्लवको ‘नेपाल गोट फार्मिङ्ग प्रोजेक्ट जीजी–२१२७९९७’ मार्फत उनीहरुले बाख्रापालनका लागि खोर निर्माणसहित दुईवटाका दरले बाख्रा पाएका हुन् ।

परियोजनाले सहकारीको लागि दुई वटा बोयर जातका बोका, खोप, औषधि, पशु बीमा र बाख्रापालनका लागि सहयोग समेत पाएका छन् । परियोजनाले गत सोमबार बाख्रा वितरण कार्यक्रम राखेको थियो । परियोजनाले पहिलो चरणमा २५ जना किसानलाई सहयोग गरिएको र थप २५ जनालाई सहयोगको तयारी भइरहेको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए । आर्थिक विकासविना समग्र विकास सम्भव नभएको र आर्थिक सशक्तीकरणविना महिला सशक्तीकरण सम्भव नहुने मान्यताका साथ परियोजनाले काम गरेको अध्यक्ष बस्नेतको भनाइ छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया