बजारमा खसिबोका खरिद–बिक्री गर्नेहरूको भिड
दोलखा । दशैँ नजिकिँदै गएसँगै बजारमा खसीबोका खरिद–बिक्री गर्नेहरूको भिड देखिन थालेको छ । जिल्लाको सदरमुकाम चरीकोट, मैनापोखरी, सिंगटी, जिरी, मागदेउरालीलगायतका बजारमा लाखौँको खसीबोकाको कारोबार हुन थालेको छ । त्यस्तै गाउँघरमा पनि खसीबोका खोज्न हिँड्नेको लस्कर देखिन थालेको छ ।
यस्तै जिल्लाबाट पछिल्लो एक सातामा झन्डै दुई सय खसीबोका काठमाडौँको लागि बाहिरिएका छन् । यस्तै दशैँको सिजन पारेर काभ्रे, भक्तपुर, काठमाडौं तथा तराईका केही जिल्लाका व्यापारीहरू समेत खसीबोका लिनका लागि दोलखामा आउने गरेका छन् । बजारमा खसीबोकाको माग बढेपछि गाउँघरमा खसीबोका खोज्न आउने व्यापारी समेत बढेको जिरी नगरपालिका–९ ठूलोपातलका स्थानीय व्यापारी चित्र तामाङले बताए । उनको फार्मबाट मात्र एक सातामा तीन लाख रूपैयाँबराबरको ११ वटा खसी र तीनवटा बोका बिक्री गरेको भएको छ । तामाङले पनि दशैँको सिजन पारेर विभिन्न गाउँबाट खसीबोका खरिद गरेर काठमाडौंलगायतका ठूला व्यापारी सहरमा खासीबोका बिक्री गर्न लैजाने गरेका छन् । मुख्यगरी जिल्लाका ग्रामीण बस्तीमा खसीबोका व्यापारी खसी किन्न घरसम्म पुग्ने गरेका छन् ।
यस्तै खसीबोकाको कारोबार बढेसँगै मासुको मूल्य पनि बढेको छ । जिल्लाका गाउँघर प्रतिकेजी आठ सय रूपैयाँ रहेको मासुको मूल्य अहिले बढेर एक हजार पुगेको छ । सदरमुकाम चरीकोटमा भने खसीको मासुको मूल्य प्रतिकेजी एक हजार दुई सय रूपैयाँदेखि एक हजार चार सय रूपैयाँसम्म रहेकोे छ । त्यस्तै जिल्लाका हाटबजारमा पनि खसीबोका बिक्रीको लागि ल्याइन थालिएको छ । तामाकोशी गाउँपालिकाको जफेमा लाग्ने छौँडे हाटलगायतका हाटबजारमा समेत खसीबोका तथा कुखुराको कारोबार बढेको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया