सहकारीको ऋण नतिर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड
दोलखा । बैतेश्वर गाउँपालिकाको अध्यक्ष छबि लामाले पछिल्लो समय सहकारीबाट ऋण लिएर नतिर्ने प्रवृत्ति बढेको पाइएको बताएका छन् । सोमबार दोलखाको जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले ऋण तिर्ने वातावरण बनाउन सहकारी संस्थाहरूलाई पनि आग्रह गरे ।
यस्तै अध्यक्ष लामाले सेयर सदस्यहरूलाई समयमै ऋण तिरेर इमानदार बन्न समेत आग्रह गरे । सहकारीले पनि ऋण लगानी गर्दा सदस्यको आर्थिक अवस्था, उत्पादकत्व, व्यावसायिकत्व हेरेर गर्नुपर्ने लामाको भनाइ थियो । गाउँपालिकामा सक्रियरूपमा सञ्चालनमा रहेका दर्जनौँ साना–ठूला सहकारीले ऋण उठाउन नसकेको दुखेसो गर्ने गरेको भन्दै उनले धितो हेरर मात्रै लगानी गर्न सुझाव दिए । यस्तै कार्यक्रममा पालिका उपाध्यक्ष कल्पना उप्रेतीले सहकारीहरूले महिला क्षेत्रमा पनि लगानी वृद्धि गर्नुपर्ने बताइन् । जिल्ला सहकारी संघ दोलखा अध्यक्ष हेमन्त चौलागाईंले सहकारीको उर्वर थलो बैतेश्वर भएकाले सहकारीको ऋण जोखिम पर्ने गरी वितरण गर्न नहुने बताए ।
संस्थाका अध्यक्ष मुक्ति प्रसाद दाहालको अध्यक्षतमा सम्पन्न उक्त साधारणसभामा संस्थाका सचिव केदार प्रसाद दाहालले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल दुई हजार एक सय १५ जना सदस्य रहेका छन् । सहकारीको कुल पुँजी आठ करोड ६६ लाख आठ हजार ५१ रूपैयाँ रहेको छ भने सेयर पुँजी ८३ लाख २३ हजार पाँच सय रहेको छ । त्यस्तै संस्थाको नाफा १८ लाख ३२ हजार छ सय ९४ रूपैयाँ पुगेको संस्थाका कोषाध्यक्ष शंकर बस्नेतले जानकारी दिए । सहकारीको जगेडा कोषमा ८५ लाख ८३ हजार चार सय चार रूपैयाँ जम्मा भएको छ । सहकारीले हालसम्म सात करोड १८ लाख ५० हजार चार सय ३१ रूपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखासंयोजक शंकर बस्नेत प्रस्तुत गरेका थिए । यस्तै सहकारीले असल ऋणी, उत्कृष्ट सेयर खरिदकर्ता, नियमित बचत कर्ता, वृद्ध– वृद्धा र विद्यार्थी सम्मान समेत गरेको छ । यसैगरी संस्थाको २२औँ साधारणसभाले आगामी चार वर्षको लागि फेरि मुक्ति प्रसाद दाहालको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा सहदेव दाहाल, सचिवमा केदार प्रसाद दाहाल, सहसचिवमा नानिमैयाँ काफ्ले, कोषाध्यक्षमा नवराज खड्का चयन भएका छन् । यस्तै सभाले शंकर बस्नेतको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत चयन गरेको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर–४ को देउरालीमा यस संस्थाको मुख्य कार्यालय रहेको छ । संस्थाले सदरमुकाम चरीकोट र राजधानी काठमाडौंमा समेत सेवाकेन्द्र खोलेर सेवा दिँदै आएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया