काठमाडौं । सामुदायिक भवनलाई डोजर लगाएर भत्काएको विरोधमा शनिबार साँझ काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)विरुद्ध काठमाडौंको भित्री क्षेत्रमा प्रदर्शन हुनुको साथै उनको पुत्ला बनाएर जलाइएको छ ।
महानगरले शनिबार बांगेमुढामा रहेको सामुदायिक भवन गैरकानुनी रहेको भन्दै डोजर लगाएर भत्काएको थियो । डोजर लगाउँदा महानगर र नेपाल प्रहरी व्यापक परिचालन गरिएको थियो । सो क्षेत्रका समुदायको विविध गतिविधि सञ्चालन गरिने उक्त भवन भत्काएको कारण साँस्कृतिक हमला भएको भन्दै प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले मेयर साहविरुद्ध नाराबाजी गर्दै उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवाविरोधी होसियार जस्ता नारा लगाएका थिए । मेयरको साथै स्थानीयले सो भवन रहेको स्थान महानगरपालिका–२५ का वडा अध्यक्ष राजेश डंगोलविरुद्ध पनि नारावाजी गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया