सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँबराबरको सहयोग
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नारायणी अस्पताललाई रकम सहयोग गरेको छ । बैंकले बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको हो । उक्त कार्यको समन्वय तथा सहजीकरण गैरनाफामूलक संस्था राउन्ड टेबल नेपालले गर्नेछ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र बहादुर प्रधान र राउन्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेसनल प्रेसिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।
वीरगञ्जस्थित दियालो लड्र्स प्लाजामा आयोजित उक्त सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, संस्थाका नेसनल प्रेसिडेन्ट, नगरप्रमुख तथा स्थानीय उद्योगपति, व्यवसायीहरूको उपस्थिति रहेको थियो । बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको बिरामीहरूका लागि निमार्णाधीन भवनको सिभिल, फिनिसिङ तथा थप संरचना बनाउने कार्यका लागि उपयोग उक्त अस्पतालले जनाएको छ । सो सहयोगबाट बिरामीहरूलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया