१ वर्षमा ९ लाख ३३ हजार विद्युतीय राहदानी वितरण
काठमाडौं । राहदानी विभागले एक वर्षमा नौ लाखभन्दा बढी विद्युतीय राहदानी वितरण गरेको बताएको छ । विभागले विभाग, प्रशासन कार्यालय र नियोगहरुबाट सो संख्यामा विद्युतीय राहदानी वितरण गरेको हो । उसले विद्युतीय राहदानी जारी गर्न सुरु गरिएको २०७८ मंसिर १ देखि गत बुधबारसम्म राहदानी विभागबाट तीन लाख ३४ हजार पाँच सय ८६ वटा, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुबाट पाँच लाख १६ हजार आठ सय पाँचवटा र विदेशस्थित नियोगहरुबाट ८१ हजार नौ सय पाँचवटा गरी कुल नौ लाख ३३ हजार दुई सय ९३ वटा विद्युतीय राहदानी वितरण गरिएको बताएको हो ।
यस्तै विभागले विद्युतीय राहदानी बनाउन प्रविधिको प्रयोग गरी सहजता प्रदान गरेको जनाएको छ । राहदानीबापत सेवाग्राहीले तिनुपर्ने राजस्व अनलाइनबाट समेत तिर्नसक्ने व्यवस्था मिलाएर सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरिएको छ । सेवा प्रवाहमा सहजता ल्याउन ‘नेपाल इ–पासपोर्ट’ मोबाइल एपको निर्माण गरिएको छ। साथै, सफ्टवेयरमा आवश्यक सुधार गरी अनलाइन प्रणालीलाई थप सेवाग्राहीमैत्री बनाउन प्रयास समेत भइरहेको छ ।
विभागले राहदानी बनाइदिने भन्दै ठगी गर्नेलाई निरुत्साहन गरेको समेत जनाएको छ । राहदानी छिटो बनाइदिने, राहदानी लिने मिति अगाडि सारिदिनेजस्ता विभिन्न बहानामा सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई विभाग, प्रहरी र सेवाग्राही समेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाउने गरिएको छ । साथै, राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरुमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साइबरहरुलाई समेत अनुसन्धान तथा कारबाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोलाई विभागले आग्रह गरेको छ ।
हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा कूटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी गर्ने कार्य भइरहेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट ‘लाइभ इनरोलमेन्ट’ भई विभागमा छपाइ भएका विद्युतीय राहदानीहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा यथाशीघ्र पुग्ने व्यवस्था गरिएको छ । विद्युतीय राहदानी प्रदान भएसँगै नागरिकहरुलाई राहदानी निर्माणमा सहज भएको छ । नेपालमा वैदेशिक रोजगारीमा जाने संख्या ठूलो हुँदा राहदानीको माग बढ्दो रहेको पाइन्छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया