प्रभु क्यापिटलमा नौ सय ९९ रुपैयाँमा आजीवन डिम्याट खाता
काठमाडौं । प्रभु क्यापिटलले १ जनवरी, २०२३ बाट प्रभु क्यापिटलले हालको नौ सय ९९ रुपैयाँमा डिम्याट स्किममा थप विशेषता थपी प्रभु क्यापिटलको ‘नौ सय ९९ रुपैयाँमा आजीवन डिम्याट खोलौँ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने स्लोगनसहित नौ सय ९९ आजीवन डिम्याट खाता योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष एक सय रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने रहेको छ अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरूप प्रभु क्यापिटलले यो योजना ल्याएको हो, जुन नयाँ तथा पुराना सबै ग्राहकहरूमा मान्य हुनेछ ।
कम्पनीका अनुसार १ जनवरी, २०२३ बाट सुरु भएकोे यो योजनामा हितग्राहीले एक पटक नौ सय ९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले एक वर्षको अवधिमा एक लाखबराबरको दुर्घटना बीमा पनि पाउने क्यापिटलले जनाएको छ । यो योजनाले सक्रियरूपमा पुँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीनरूपमा भित्र्याउनमा सघाउ पु¥याउनेछ । यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरूले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । यसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा इन एफ भेरिफिकेसन छनोट गरी आफ्नो अनुकूलताअनुसार समय लिई तुरुन्तै अनलाइन डिम्याट खाता खोल्न सक्नेछन् ।
कम्पनीका अनुसार यो योजनाका विशेषताहरूमा नौ सय ९९ रुपैयाँमा मा आजीवन डिम्याटको सुविधा साथै एक लाख रुपैयाँबराबरको दुर्घटना बीमा, लगानी व्यवस्थापन सेवा (पीएमएस)मा पुराना भएका सेयर पोर्टफोलियोको निःशुल्क पुनर्संरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट, तुरुन्त डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै, अनलाइनबाट डिम्याट भर्दा भिडियो केवाईसी तथा एपबाट भर्दा इन एप केवाईसी भेरिफिकेशनको सुविधा आदि रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया