पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथग्रहण
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको पाँच सय १५औँ बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका डा. दीर्घमान गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय, पोखरामा नेपाल राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलबाट अध्यक्ष पदको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले वित्तीय संस्था तथा नवनियुक्त अध्यक्षको बारेमा संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक डा. राम शरण खरेलले नवनियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना प्रदान गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिकाको पालना तथा संस्थागत सुशासनको बारेमा प्रकाश पारेका थिए ।
नवनियुक्त अध्यक्ष डा. दीर्घमान गुरुङले पोखरा फाइनान्स लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया