सोलुखुम्बुका विद्यालयलाई शैक्षिक सामग्री
सोलुखुम्बु, फागुन ३०
सोलुखुम्बुको चार वटा स्थानीय तहका ६० वटा विद्यालयलाई करिब २१ लाखभन्दा बढीको शैक्षिक सामग्री प्राप्त भएको छ । प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्ट नेपालले सोलुदूधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, लिखुपिके र महाकुलुङ गाउँपालिकाका विद्यालयलाई उक्त सामग्री वितरण गरेको हो ।
विगतलामो समयदेखि सोलुखुम्बुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्थाले जिल्लाको शैक्षिक सुधार गरी सरकारको गुणात्मक शिक्षा पु¥याउने लक्ष्य पूरा गर्नका लागि विभिन्न विद्यालयहरुलाई कापी, पेन्सिललगायत विद्यालयमा प्रयोग हुने विभिन्न किसिमका शैक्षिक सामग्रीहरु उपलब्ध गराएको हिमालयन ट्रष्ट नेपाल सोलुखुम्बुका कार्यक्रम संयोजक नवबहादुर भुजेलले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै सोलुदूधकुण्ड नगरपालिकाकी कार्यपालिका सदस्य तथा नगर प्रवक्ता शारदामाया तामाङले ट्रष्टको सहयोगले दुर्गमका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाइमा सहयोग मिलेको बताइन् । संयोजक भुजेलका अनुसार संस्थाले वर्षौँदेखि शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । संस्थाले कम्प्युटर ल्याब, खानेपानी, विद्यालय भवन तथा शौचालय निर्माणमा सहयोग गरिहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया