‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
काठमाडौं । ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा सम्पन्न गरेको छ । कम्पनीका शाखाप्रमुख एवं मार्केटिङ कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी चालू आवको बाँकी अवधिको व्यावसायिक खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागीय प्रमुख तथा देशैभरिबाट शाखाप्रमुख एवं मार्केटिङ कर्मचारीहरू गरी एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको उक्त सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्रस्थानमा पु-याउन हामी सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिएका थिए ।
यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका विषयहरूमा प्रस्तुति दिँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमासँग सम्बन्धित हरेक विषयलाई कानुनीरूपमा नै नियमन गर्नसक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी गराएका थिए ।
उपस्थित शाखाप्रमुख तथा मार्केटिङ कर्मचारीहरूलाई कम्पनीका सहायक महाप्रबन्धक प्रज्ज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कार्यवाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए । यसैगरी सम्मेलनमा सहभागी कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यावसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया