ज्युँदा सहिद प्रजातन्त्र सेनानी मदन चन्दको निधन
काठमाडौं । पञ्चायती व्यवस्थाविरुद्धको अभियानका नेता मदन चन्दको यही फागुन ३ गते निधन भएकोे छ । पञ्चायती व्यवस्थाविरुद्ध बोले मात्रै जेल हुने समयमा प्रजातन्त्र प्राप्तिका लागि जेल र हिरासत गरी ५७ पटक पक्राउ परेका चन्द २०३६ देखि २०६२ सालसम्म पटक–पटक क्रमशः पञ्चायती व्यवस्था र राजत्रन्त्रका विरुद्ध लडेका थिए ।
पञ्चायती व्यवथाविरुद्ध कसैको बोल्नसक्ने अवस्था नहुँदा महेन्द्रनगरको खुल्ला मन्चमा २०४६ साल फाल्गुन ७ गते कालो झन्डा देखाउने हिम्मत गर्ने सुदूरपश्चिमका एकमात्र नेता थिए चन्द । उनलाई दरबारबाट गोली हान्ने आदेश आए पनि बच्न सफल भएका व्यक्ति हुनाले उनलाई २०४६ पछि कृष्ण प्रशाद भट्टराई, गणेशमान सिंह र गिरिजा प्रसाद कोइरालाले ज्युँदा सहिद भनेका थिए ।
तिनै ज्युँदा सहिद चन्दको सम्मानका लागि कन्चनपुरका नागरिकहरूले ९०औँ जन्मदिनमा गत वर्ष सुदूरपश्चिममै पहिलो पटक रथारोहण गरी महेन्द्रनगर नगर परिक्रमा गरएका थिए ।
बैतडी जिल्लाको अति नै विकट रोदिदेवलको तिताबै भन्ने ठाउँबाट भारतमा मजदुर काम गर्दा गर्दै भारतीय सेनामा जागिर गरेका चन्दले भारतीय सेनाको तर्फबाट सन् १९६१ मा गोवा लडाई, सन् १९६२ को भारत–चीन लडाइँ, सन् १९६५ को भारत पाकिस्तान र सन् १९७१ को भारत पूर्वी पाकिस्तान (बंगलादेश)को लडाइ लडेका थिए । चन्दले भारतीय सरकारको तर्फबाट चार विजेता पदकसहित करिब एक दर्जन मान पदक पाएका थिए । भारतीय सेना अवकाशपछि नेपालमा आफैँले पञ्चायती व्यवस्थाविरुद्ध लड्ने भूपू सैनिक दल २०३१ गठन गरेका थिए । स्वर्गीय चन्दका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया