आईआईएफटीको सातौँ ड्रेस टु इम्प्रेस : चार जना उत्कृष्ट डिजाइनर
काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका चार डिजाइनरले बेग्लाबेग्लै क्याटगोरीमा उत्कृष्ट डिजाइनरको उपाधि जितेका छन् । गीतकार हरि गोपल प्रधानको सभापतित्वमा आयोजित आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस’को सातौँ सिजनमा एक सय १० जना डिजाइनरहरुले प्रतिस्पर्धा गरेका थिए ।
आईआईएफटीकै विद्यार्थीबीच भएको डिजाइनर प्रतिस्पर्धामा ‘फ्युचरिष्ट’ अर्थात् ‘भविष्यको विषय’ थिममा शिल्पा श्रेष्ठ उत्कृष्ट भइन् । यस्तै, ‘अण्डर द सि’ थिममा रोश्ना टमाटा र ‘ब्ल्याक एण्ड बोल्ड’मा सावित्रादेवी राई उत्कृष्ट डिजाइनर घोषित भएका छन् । यस्तै, ‘वाइल्डलाइफ नेचुरल एण्ड टुरिजम’ अर्थात ‘वन्यजन्तु प्रकृति र पर्यटन’ थिममा अप्सना मियाँ उत्कृष्ट डिजाइनर घोषित भएका छन् । चारै जना विजेतालाई नगद पुरस्कार र अवार्ड प्रदान गरिएको छ । उक्त प्रतिस्पर्धामा मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बुटिक एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं युवा व्यवसायी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, अंकित मैत्य, दिलमाया मगर, ग्ल्यामरस फोटो पत्रकार राजभाइ सुवाल र व्यवसायी कृष्णराज तिमिल्सिना निर्णायक रहेका थिए । ‘फेसन डिजाइनिङ र मोडलिङको कम्बिनेशन’ मानिने ‘ड्रेस टु इम्प्रेस’मा आफूले तयार पारेका पहिरन लगाएर डिजाइनरहरु नै प्रस्तुत हुने गरेका छन् । जसले डिजाइनरहरुलाई समेत मोडलिङबारे ज्ञान हुने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए ।
उनले भने, ‘फेसन डिजाइनरलाई मोडलिङबारे जानकारी हुन आवश्यक छ । त्यसैले ड्रेस टु एम्प्रेसमा डिजाइनरहरुलाई मञ्चमा उतार्ने गरेका हौँ ।’ कार्यक्रम मोडल तथा कोरियोग्राफर विपना थापाको कोरियोग्राफी र निर्देशनमा सम्पन्न भएको हो । आईआईएफटीले करिब आठ वर्षदेखि फेसन डिजाइनर बन्न चाहनेका लागि डिप्लोमा र एड्भान्स कोर्ष दिँदै आएको छ । काठमाडौंको बागबजार र कमलादीको हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले पछिल्लो समय इन्टेरियर डिजाइनिङको कोर्षसमेत दिँदै आएको छ । पछिल्लो समय फेसन डिजाइनर बन्न चाहने युवाको रोजाइ बन्न सफल आईआईएफटीलाई अन्य सहरमा समेत विस्तार गर्ने योजना रहेको प्रबन्धक निर्देशक शर्पाले बताए ।
आईआईएफटीकै विद्यार्थीबीच भएको डिजाइनर प्रतिस्पर्धामा ‘फ्युचरिष्ट’ अर्थात् ‘भविष्यको विषय’ थिममा शिल्पा श्रेष्ठ उत्कृष्ट भइन् । यस्तै, ‘अण्डर द सि’ थिममा रोश्ना टमाटा र ‘ब्ल्याक एण्ड बोल्ड’मा सावित्रादेवी राई उत्कृष्ट डिजाइनर घोषित भएका छन् । यस्तै, ‘वाइल्डलाइफ नेचुरल एण्ड टुरिजम’ अर्थात ‘वन्यजन्तु प्रकृति र पर्यटन’ थिममा अप्सना मियाँ उत्कृष्ट डिजाइनर घोषित भएका छन् । चारै जना विजेतालाई नगद पुरस्कार र अवार्ड प्रदान गरिएको छ । उक्त प्रतिस्पर्धामा मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बुटिक एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं युवा व्यवसायी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, अंकित मैत्य, दिलमाया मगर, ग्ल्यामरस फोटो पत्रकार राजभाइ सुवाल र व्यवसायी कृष्णराज तिमिल्सिना निर्णायक रहेका थिए । ‘फेसन डिजाइनिङ र मोडलिङको कम्बिनेशन’ मानिने ‘ड्रेस टु इम्प्रेस’मा आफूले तयार पारेका पहिरन लगाएर डिजाइनरहरु नै प्रस्तुत हुने गरेका छन् । जसले डिजाइनरहरुलाई समेत मोडलिङबारे ज्ञान हुने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए ।
उनले भने, ‘फेसन डिजाइनरलाई मोडलिङबारे जानकारी हुन आवश्यक छ । त्यसैले ड्रेस टु एम्प्रेसमा डिजाइनरहरुलाई मञ्चमा उतार्ने गरेका हौँ ।’ कार्यक्रम मोडल तथा कोरियोग्राफर विपना थापाको कोरियोग्राफी र निर्देशनमा सम्पन्न भएको हो । आईआईएफटीले करिब आठ वर्षदेखि फेसन डिजाइनर बन्न चाहनेका लागि डिप्लोमा र एड्भान्स कोर्ष दिँदै आएको छ । काठमाडौंको बागबजार र कमलादीको हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले पछिल्लो समय इन्टेरियर डिजाइनिङको कोर्षसमेत दिँदै आएको छ । पछिल्लो समय फेसन डिजाइनर बन्न चाहने युवाको रोजाइ बन्न सफल आईआईएफटीलाई अन्य सहरमा समेत विस्तार गर्ने योजना रहेको प्रबन्धक निर्देशक शेर्पाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बैंक बित्त बजार
ट्याग : #3
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया