Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचैत २ गतेबाट ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण नियमित हुने

चैत २ गतेबाट ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण नियमित हुने


काठमाडौं । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा यहि चैत २ देखि कमेडी सो मुन्द्रेको कमेडी क्लब नियमित रुपमा उत्पादन गरी सीटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट प्रसारण आउने भएको छ । उक्त सो कान्तिपुर टेलिभिजन र युट्युबमा ओएसआर डिजिटल बाट प्रसारण हुने बताइएको छ ।

उक्त कार्यक्रमको मुख्य प्रायोजकमा सीटी एक्सप्रेस मनि ट्रान्सफर छ भने कार्यक्रमको मार्केटिङ एडी रिलिज प्रालिले गर्दै छ । चैत २ गतेबाट प्रत्येक बिहीबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने मुन्द्रेको कमेडी क्लबका मुख्य कलाकारका रुपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की छन् । त्यसैगरी कलाकारहरु दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ ।

कार्यक्रमको निर्देशन दिनेश डीसीले गर्ने भएका छन् । यस कार्यक्रमबाट हाँसो र व्यङ्ग्यमार्फत परिवार, समाज र आम जनमानस समाजलाई सुसूचित हुने अवसर मिल्ने बताइएको छ । साथै देशका लब्धप्रतिष्ठित विभिन्न विधाको व्यक्तिहरु पाहुनाका रुपमा स्वीकार गरी मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, मनोरञ्जन
ट्याग : #page 3

तपाईको प्रतिक्रिया