संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता
काठमाडौं,प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज उक्त विधेयक संसद्मा दर्ता गराएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी कार्यविधि तथा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । विधेयकमार्फत् मुख्यगरी परिषद्को बैठकसम्बन्धी कार्यविधिमा संशोधन गर्न लागिएको छ ।
राससका अनुसार संवैधानिक परिषद्को निर्णय प्रक्रिया र गणपूरक सङ्ख्यामा संशोधन प्रस्ताव गरिएको छ । संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा परिषद् बैठकको गणपूरक सङ्ख्या मानिनेछ भन्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ । यसअघि अध्यक्ष र कम्तीमा चार जना अन्य सदस्यहरू उपस्थित भएमा परिषद्को लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ भन्ने व्यवस्था रहेको थियो ।
त्यस्तै, संवैधानिक परिषद्को बैठकका निर्णयमा सहमति कायम हुन नसकेका अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सकिनेछ भन्ने व्यवस्था पनि विधेयकमा राखिएको छ ।
क्याटेगोरी : संसद समाचार
ताजा अपडेट
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया