प्रथम बैतेश्वर गाउँपालिका अध्यक्ष कप सुरु
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको आयोजना अन्तरपालिकास्तरीय प्रथम बैतेश्वर गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बैतेश्वरको वडा नम्बर ३ मिर्गेमा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।
बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिका संयोजक भाइराम बुढाथोकीको अध्यक्षयता भएको प्रथम अध्यक्ष कपको उद्घाटन बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा र कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सयुक्तरूपमा गरेका थिए । कार्यक्रममा बैतेश्वर गाउँपालिका अध्यक्ष लामाले खेलकुद क्षेत्रमा विकास गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने बताए ।
कार्यक्रममा कालिञ्चोक गाउँपालिका अध्यक्ष शिवाकोटीले देश बिकासमा खेलाडीको भूमिका महत्वपूर्ण रहेकोे भन्दै खेल क्षेत्रको विकास भए मात्रै देशको विकास हुने उल्लेख गरे । कार्यक्रममा बैतेश्वर गाउँपालिका प्रमुख इन्जिनियर युधिष्ठिर केसीले उद्घाटन खेलमा उपस्थित खेलाडीहरूलाई स्वागत गरेका थिए । बुधबारसम्म चल्ने अध्यक्ष कपमा लिग चरणका सबै खेल सोमबार नै सकिएको छ ।
बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा मिर्गेको व्यवस्थापन प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम हुनेले एक लाख ४० हजार रुपैयाँ पाउनेछन् । यस्तै दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ६७ हजार र चौथो हुनेले २७ हजार रुपैयाँ पुरस्कार पाउने बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिका सदस्य किरण तामाङले जानकारी दिए । प्रतियोगितामा जिल्लाका नौमध्ये सातवटा पालिकाले सहभागिता जनाएका छन् ।
क्याटेगोरी : खेलकुद, पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया