दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने
बीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा फागुन २७ गतेबाट उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबले त्रिभुवण लोकमार्गमा वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो ।
क्लबका अध्यक्ष अलिअख्तर आलमका अनुसार लामो समयपछि रोकिएको फुटबल प्रतियोगिता गतवर्षदेखि परवानीपुरमा फेरि आयोजना गर्न सुरु गरिएको हो । यस पटकका लागि निःशुल्करूपमा दर्शकका लागि खेल हेर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा १० लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा कृष्णा फाउन्डेसन, बैंगलोर रहेको छ भने अन्य एक दर्जनभन्दा बढी विभिन्न सहप्रायोजकहरू रहेका छन् । यस्तै वीरगञ्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले खेल प्रतियोगितामा विशेष सहयोग गरेका छन् ।
एक सातासम्म चल्ने फुटबल प्रतियोगितामा दुईवटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका छवटा र बागमती प्रदेशका दुईवटा गरी आठवटा टिमले भागले लिने भएका हुन् । प्रतियोगितामा आयोजक परवानीपुर युथ क्लब, नवजनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाइटेड क्लब वीरगन्ज, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोतरी, हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढसहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए । प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार रूपैयाँ नगद, शिल्ड र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ७५ हजारसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् ।
प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद पाँच हजार ,मेडल र प्रमाणपत्र पाउनेछन् । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर र कोचलाई जनही पाँच/पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताभरिमा उत्कृष्ट (म्यान अफ द सिरिज ) हुने खेलाडीले १० हजार पाउनेछन् ।
क्याटेगोरी : खेलकुद, प्रदेश समाचार, मधेश प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया