काठमाडौं,काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफने बचत फिर्ता नगरेपछि बचतकर्ताहरुले कार्यालयमा नै धर्ना दिएका छन् ।
कान्तिपुर अस्पतालका अध्यक्ष तथा सहकारीका तत्कालीन अध्यक्ष चन्द्र बहादुर लामाले रकम हिनामिना गरेको बताउँदै बचतकर्ताहरुले अहिलेका सञ्चालकहरुले पैसा फिर्ता दिन नसकेर छलफलमा बोलाएर आफैँ उपस्थित नभएपछि कार्यालयमा नै धर्ना दिएका हुन् ।
कान्तिपुर सहकारीका अहिलेका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीले शनिबार बचतकर्ताहरुलाई वार्ताका लागि बोलाए पनि उनी आफैँ बैठकमा उपस्थित नभएसँगै सहकारीमा धर्ना दिएका हुन् । दुःख गरेर कमाएको रकम सहकारीले फिर्ता दिन्छु भन्दै नदिएर सहकारीले पटक–पटक धोका दिएपछि बचतकर्ताहरु हैरान बनेका छन् ।
सहकारीको रकम तत्कालीन अध्यक्ष सीबी (चन्द्र बहादुर) लामाले हिनामिना गरेर सहकारी आर्थिक संकटमा परेको आरोप लागे पनि लामाले अहिलेसम्म सहकारीमा आफू हुँदा गरेको लगानीको पारदर्शिता नदेखाएको बचतकर्ताहरुले बताउँदै आएका छन् । लामाले आफ्नो तथा आफ्ना नजिकका आफन्तहरुको नाममा होटल रेष्टुरेण्टदेखि लिएर घरजग्गा तथा राजनीतिक दललाई समेत चुनावमा टिकट पाउने शर्तमा सहकारीको पैसा लगानी गरेको आरोप लाग्दै आएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया