काठमाडौं । सेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । यसअघि लगातार ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबार दिन आज मंगलबार भने एक दशमलव ८५ अंकले उकालो लागेर १९ सय ५३ दशमलव शुन्य छ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १७ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव ३२ अंकमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २६ हजार चार सय ७३ पटकको कारोबारमा ३३ लाख १८ हजार एक सय आठ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब १३ करोड ५९ लाख २५ हजार तीन सय ५७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुमहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया