झण्डै नौ खर्बले घट्यो सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण घटेको छ । सेयरबजार परिसूचक पछिल्लो समय लगातार ओरालो लागेकै कारण सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण घटेको हो । नेप्सेबाट प्राप्त जानकारीलाई आधार बनाएर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको तथ्यांकअनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण गत आवको सोही अवधिको तुलनामा आठ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँले घटेको छ ।
नेप्सेमा सूचीकृत एक सय ४६ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छवटा लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन वटा अन्यसहितका कुल दुई सय ४६ वटा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँमा सीमित हुनपुगेको छ । राष्ट्र बैंकका अनुसार २०७८ माघ मसान्तमा भने सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ कायम रहेको थियो ।
राष्ट्र् बैंकका अनुसार २०७८ माघ मसान्तमा २८ सय एक दशमलव शून्य छ अंकमा कायम रहेको नेप्से सूचकांक पनि घटेर २०७९ माघ मसान्तमा २१ सय २१ दशमलव नौ कायम भएको छ । २०७८ माघमा भने सूचीकृत कम्पनीहरूको संख्या दुई सय २६ थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५ दशमलव आठ प्रतिशत छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२ दशमलव नौ प्रतिशत, लगानी कम्पनीको हिस्सा छ दशमलव सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव एक प्रतिशत, होटलको हिस्सा एक दशमलव आठ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव चार प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दशमलव दुई प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ माघ मसान्तमा सूचीकृत सात अर्ब ११ करोड सेयरको चुक्ता मूल्य सात खर्ब एक अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनामा ३५ अर्बबराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोडबराबरको डिबेन्चर, ६४ अर्ब ७५ करोडबराबरको साधारण सेयर, १४ अर्ब ३२ करोडबराबरको बोनस सेयर, चार अर्ब ४९ करोडबराबरको म्युचुअल फण्ड र तीन अर्ब ६७ करोडबराबरको हकप्रद सेयर गरी कुल एक खर्ब ५० अर्ब ६८ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन् । चालू आवको पछिल्लो सात महिनामा नेपाल धितोपत्र बोर्डले नौ अर्ब २० करोडबराबरको डिबेन्चर, सात अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड, चार अर्ब ५८ करोडबराबरको साधारण सेयर र ९५ करोडबराबरको हकप्रद सेयर गरी कुल २२ अर्ब ४८ करोडबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया