बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्यो
४८ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा दुई दशमलव ६३ प्रतिशत कर्जा खराब
काठमाडौं । बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् यही माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५६ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले ४८ खर्ब ५९ अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
उक्त कर्जामध्ये औसतमा दुई दशमलव ६३ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरुले ४६ खर्ब ९० अर्ब ४८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ३१ प्रतिशत कर्जा खराब देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले मात्र ४३ खर्ब आठ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा दुई दशमलव ४९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले ४१ खर्ब ६३ अर्ब ३० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव १८ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो । यसैगरी विकास बैंकमा पनि पछिल्लो समय खराब कर्जाको अनुपात बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमा औसतमा दुई दशमलव ८२ प्रतिशत कर्जा खराब देखिएको छ । यस अवधिमा विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने चार खर्ब ५८ अर्ब ८५ करोड २० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले चार खर्ब ३९ अर्ब १० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ४२ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा फाइनान्स कम्पनीहरुमा भने सबैभन्दा खराब कर्जा देखिएको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुले ९३ अर्ब तीन करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा सात दशमलव ८२ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले ८८ अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव शून्य पाँच प्रतिशत कर्जा खराब देखिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया