बाहुबली सिमेन्टद्वारा सेनिटाइजर र मास्क वितरण
काठमाडौं, चैत १०
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि बाहुबली सिमेन्टले सेनिटाइजर र मास्क वितरण गरेको छ । बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले एभरेस्ट प्यारेन्टरल्स प्रालिको सहकार्यमा सेनिटाइजर र मास्क वितरण गरेको हो । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यो अभियानलाई देशैभर फैलाउने कम्पनीले जनाएको छ । कोरोनाभाइरस (कोभिड १९) संक्रमण हुनबाट जोगिन विश्वभर नाक, मुख मास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको छ । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् ।
हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भइरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आम नागरिकहरुलाई हातधुन सेनिटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको जनाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भीडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया