सोलुमा पनि भारतीय तरकारीको प्रभुत्व !
सोलुखुम्बु । सोलुखुम्बु पनि तरकारीमा परनिर्भर बनेको छ । जिल्लामा खपत हुने झण्डै ९० प्रतिशत तरकारी भारत तथा तराईका जिल्लाहरुबाट आयत हुने गरेको पाइएको हो । जिल्ला सदरमुकाम सल्लेरी, नेचासल्यान, थुलुङ दुधकोशी, सोताङ, महाकुलुङ, खुम्बु क्षेत्रका स्थानीय हटिया तथा तरकारी पसलमा बाहिरी जिल्लाबाट आयत गरिएको तरकारीकै बढी प्रभुत्व रहेको छ ।
पछिल्लो समय जिल्लामा तरकारी आयात दोब्बरले बढेको तरकारी व्यवसायी सुरज बस्नेतले बताए । उनले भने, ‘स्थानीय उत्पादन कम छ, तरकारी खाने मान्छेको संख्या बढी छ, बाहिरबाट आयात गर्नुको विकल्प छैन ।’ केही मात्रामा काठमाडौंको कालीमाटीबाट र बढी मात्रामा तराईका जिल्लाबाट अहिले ट्रकका ट्रक तरकारी जिल्ला आउने गरेको व्यापारीहरु बताउँछन् । तराईबाट आउने तरकारीमा जुकुनी, फर्सी, सिमी, टमाटर, प्याजलगायतका रहेको व्यवसायी महेश अधिकारी बताउँछन् । जिल्लामा खेतीयोग्य जमिन बाँझिदै गएको छ भने तरकारी उत्पादनमा परनिर्भर हुने क्रम बढिरहेको स्थानीय बताउँछन् । गाउँघरका पसलमा पहिला स्थानीय उत्पादनले भरिभराउ हुन्थ्यो तर अहिले बाहिरबाट आएका तरकारीहरु बढीमात्रामा बिक्री हुनेगरेको सल्यानकी बबिता कार्कीले बताइन् ।
उनले भनिन्, ‘अहिले तरकारी सबै बाहिरबाट आउँछ, यहाँ बस्ने कर्मचारी कामदार सबैले बाहिरको तरकारी प्रयोग गर्छन् ।’ जिल्लाका धेरैजसो स्थानीय तहले स्थानीय उत्पादनलाई बढवा दिन भन्दै विभिन्न कृषि आयामका काम गरिरहेका छन् । तर प्रतिफल भने सन्तोषजनक नदेखिएको व्यवसायी तिलक राईले गुनासो गरे । ‘कृषिमा अनुदान आउँछ तर झोले किसानले कागजको भरमा खान्छ, उत्पादनशील क्षेत्रमा प्रयोग हुँदैन । यही अवस्था रहिरहे अब सोलुखुम्बुले तरकारी उत्पादनको साख गुमाउने निश्चित छ’, उनले भने । जिल्लाका अधिकांश उर्वर भूमि अहिले बाँझै छन् । काम गर्ने जनशक्ति नहुनु र व्यावसायिकरुपमा तरकारी उत्पादन गर्नेको संख्या न्यून हुनु यसको कारण रहेको व्यवसायी बताउँछन् । स्थानीय तहको प्राथमिकतामा कृषि परे पनि ९० प्रतिशत तरकारी बाहिरबाट आयात हुनु दुःखद पक्ष रहेको स्थानीय सुरेश खड्काले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 12
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया