आरएमडीसीको २६ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. को २४औँ वार्षिक साधारणसभाले सेयरधनीहरूलाई दिन प्रस्ताव गरेको २६ प्रतिशत बोनस सेयर पारित गरेको छ । संस्थाका अध्यक्ष सुजाता जोशीको सभापतित्वमा गत शुक्रबार सम्पन्न सभाले संस्थाले आव २०७८/०७९ मा सेयरधनीहरूलाई चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र १ दशमलव ३६४८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव स्वीकृत गरेको हो ।
साधारणसभाले सञ्चालक समितिका अध्यक्ष जोशीले प्रस्तुत गरेको आव २०७८/०७९ कोे वार्षिक प्रतिवेदनसहित आव २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण पनि स्वीकृत गरेको छ । अध्यक्ष जोशीले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तीन सय १५ वटा साझेदार संस्थासँग कर्जा लगानीमा बाँकी ११ अर्ब ८४ करोड रहेको बताइन् । यस्तै उनले संस्थाले आव २०७८/०७९ मा ५० करोड ५५ लाख सञ्चालन नाफा गरेको जानकारी दिइन् । आरएमडीसी तथा साना किसान मर्जरको प्रक्रियामा रहेकोले मर्जर कार्य सम्पन्न भएपश्चात् भविष्यमा संस्थाको पुँजीगत आधार मजबुत र सुदृढ भई प्रतिस्पर्धात्मक क्षमतामा अझ वृद्धि हुने उनको भनाइ थियो । यस्तै व्यवसायमा वृद्धि हुने, कृषि तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको विस्तारमा सहयोग पुग्ने, लघुवित्त तथा सहकारी संस्थाहरूलाई सुलभ तथा सहजरूपमा वित्तीय स्रोत उपलब्ध गराउने एक विशिष्टीकृत संस्थाको रूपमा रूपान्तरण हुने अपेक्षा गरिएकोे उनले बताइन् ।
साधारणसभाले आरएमडीसी र साना किसान लघुवित्त एक–आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । आरएमडीसी साना किसानसँग मर्जरमा गएपछि बन्ने संस्थाको एक कित्ता सेयरबराबर ८७ कित्ता सेयर प्राप्त हुनेगरी सेयर आदान प्रदान अनुपात (१००ः८७) कायम हुनेछ ।
साधारणसभाले संस्थाले का.म.न.पा. वडा नं.१० मध्य–बानेश्वरमा आफ्नो केन्द्रीय (रजिस्टर्ड) कार्यालयको लागि भवन खरिद गरी केन्द्रीय कार्यालय स्थानान्तरण गरेको हुँदा केन्द्रीय कार्यालयको परिवर्तित ठेगानाको विशेष प्रस्ताव र संस्थापक सेयरधनीहरूबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको कार्यकाल पूरा भएको र संस्था मर्जरमा जाने भएकोले नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई थप गरेको कार्यकालको विशेष प्रस्ताव समेत अनुमोदन गरेको छ । आव २०७८/०७९ को अन्त्यसम्ममा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ७ वटै प्रदेशमा विभिन्न कार्यक्रममार्फत १८ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया