स्किल सेवाले घर निर्माण गर्न निःशुल्क प्राविधिक परामर्श सेवा दिने
काठमाडौं । स्किल सेवा प्रा लि ले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ । चैत्र १८ गते शनिबार दिउसो १२ बजे स्किल सेवा प्रा लि को कार्यालय बबरमहल काठमाडौमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो । घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र सौखको बिषय बनेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाले बताए ।
जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५ महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन । यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिइने भएको हो । घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन । घर निर्माण गर्दा हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिदा विभिन्न किसिमका जोखिमहरु आउने गरेका छन । यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने तिमिल्सिनाले बताए ।
उनका अनुसार जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा दिनु पर्छ । यदि घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिइएन भने यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउने गर्दछ । प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा सुरक्षित र दिगो घर निर्माण गर्न सकिन्छ । साथसाथै प्रक्रियागत त्रुटि रहित हुने भएकाले समस्या रहित घर निर्माण गर्न सकिन्छ । यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया