‘विराटनगरका कवि र कविता’ सार्वजनिक
विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित कृतिमा १९५३ सालदेखि २०४९ सम्म जन्मिएका विराटनगरका एक सय ८३ कविका कविता समावेश गरिएका छन् ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार कविराज न्यौपानेले उक्त कृतिले विराटनगरको साहित्यिक इतिहासलाई अझ उजेल्न सघाउ पु¥याउने राससलाई बताए । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलका अनुसार प्रतिष्ठानले प्रकाशन गरेको यो १००औँ कृति हो । कृति विराटनगरको साहित्य अध्ययन गर्नेका लागि दस्तावेज भएको उनले बताए ।
साहित्यकार एवम समालोचक दधिराज सुवेदीले कृति विराटनगरको साहित्यिक इतिहासमा महत्वपूर्ण अभिलेखको रुपमा रहेको उल्लेख गरे । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले विराटनगरमा सम्पूर्ण जीवन समर्पण गर्नेदेखि जीवनको केही कालखण्ड यहाँ व्यतित गरेका स्रष्टाको कविता कृतिभित्र समेटिएका उल्लेख गरे । कृतिका संयोजक एवं सम्पादक पोखरेलले अग्रज स्रष्टाका साथै परिवारको साथले कृति तयार पार्न सकेको बताए ।
सो समारोहमा कवि सीमा आभास, राधिका गुरागाईं, सविता गौतम दाहाल, भरत गुरागाईं, प्रिन्स प्रमोद ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, रोहिणी रसिक, ओम आचार्य, स्वयम्भुनाथ कार्की, गोपाल निर्भिक, राधा भट्टराई, भीम कोइराला, लोचन रिजाल, शोभा लामा, स्वीकृति रेग्मी मुनालगायतले सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया