लक्ष्मी ग्रुपले कोरोना रोकथाम कोषमा १ करोड सहयोग गर्ने
चैत, १३
लक्ष्मी ग्रुपले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोडको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयावह रुप लिँदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएपछि सरकारले उक्त कोष स्थापना गरेको थियो । उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्नेछ ।
यसका साथै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पतालहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिङको लागि फेवर क्लिनिकहरु स्थापना गर्ने पहल सुरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । हेल्थ एट होम प्राइभेट लिमिटेडले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्ने कम्पनीले जनाएको छ ।
यस्ता क्लिनिकको मूल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपत्कालीन विभाग वा संक्रमणनियन्त्रण केन्द्रमा सिधै नपठाई क्लिनिकमार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने कम्पनीले जनाएको छ । जसले गर्दा अस्पतालका आपत्कालीन विभाग वा संक्रमण रोकथाम विभागका स्रोत÷साधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केन्द्रित हुन मद्दत गर्ने कम्पनीको भनाइ छ ।
लक्ष्मी ग्रुपले सधैँ यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेको जनाएको छ । साथै कम्पनीले नेपालमा हाल आएको कठिन परिस्थितिलाई संयमसाथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई आफ्नो आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया