Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाबाट भारतमा ५ सय १२ जना संक्रमित

कोरोनाबाट भारतमा ५ सय १२ जना संक्रमित


नयाँ दिल्ली, चैत १३
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण भारतमा बुधबारसम्म ५ सय १२ जना संक्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । संक्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका पनि सो मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म भारतमा ९ व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्रीले एक अर्ब ३० करोड जनतालाई ‘लकडाउन’ मा बस्न आग्रह गरेका छन् । उनले मंगलबार साँझ लकडाउन घोषणा गरेका हुन् । आफ्नो सुरक्षाका निम्ति घरबाहिर ननिस्कन मोदीले सबै भारतीय नागरिकलाई आह्वान गरेका छन् । यस प्रकारको सुरक्षा नअपनाएमा देश दशकौँ पछाडि धकेलिने प्रधानमन्त्री नरेन्द मोदील बताए । मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत गरेको सम्बोधनलगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न सर्वसाधारणको भीड लागेको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले देशभरि आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्न चाहेको सो सम्बोधनमा बताए । गएको मध्यरातबाट लागु भएको यो बन्देज आगामी २१ दिनसम्म जारी रहने मोदीले बताए । ‘तपाईँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नुपर्नेछ’, प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भनेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x