नेपाल बैंकद्वारा कोराना जोखिम न्यूनीकरणका लागि एक करोड रूपैयाँ सहयोग
काठमाडौं, चैत १३
नेपाल बैंकले कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना भाइरसको संक्रमणबाट सृजना हुनसक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नागरिकलाई बचाउनका लागि बैंकले उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । सहयोग रकम सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा गरिने बैंकले जानकारी दिएको छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३५ करोड २३ लाख ९७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रूपैयाँ रहेको छ । चुक्ता पुँजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब १७ अर्ब १२ करोड २८ लाख ७९ हजार रूपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ४५ करोड ९६ लाख ८३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७४ करोड ५० लाख ८० हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ६८ करोड ३७ लाख १९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ६६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब १७ अर्ब २० करोड सात लाख ८९ हजार रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड १६ लाख ३७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमाा तीन अर्ब १६ करोड ७२ लाख ४९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया