ट्रम्प भन्छन् : न्युयोर्कमा क्वारेन्टाइन आवश्यक छैन
ऐजेन्सी,वासिङ्टन,चैत १७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सहरमा दुई साता लामो लकडाउन गर्ने निर्णय सही नभएको बताएका छन् । एएफपीका अनुसार स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गरेका हुन् ।
तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले शनिबार नै स्थानीयबासीलाई अत्यावश्यकबाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘न्युयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।’ स्थानीयबासीलाई अन्य राज्य र सहरको भ्रमणमा जाँदा वा न्युयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरे । राष्ट्रपति ट्रम्पले यसअघि अरु राज्यहरु खासगरी फ्लोरिडा राज्यले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नुपर्ने धारणा अघि सारेका छन् । उनले संवाददाताहरुलाई अति संक्रमण फैलिएको न्यूयोर्क निवासीका कारण छिमेकी राज्य फ्लोरिडामाथि दबाब परेको पनि बताए ।
तर न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले राष्ट्रपतिको भनाइप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् । अमेरिकी वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुवै गभर्नरले मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, ‘ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडिसीलाई कडा ट्राभल एड्भाइजरी (यात्रा सम्बन्धी सल्लाह) जारी गर्न आदेश दिएको छु ।’त्यसलगत्तै सीडीसीले तत्काल लागू हुने गरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयबासीलाई आग्रह गरेको छ । संयुक्तराज्य अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरु एक लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । न्यूयोर्कमा शनिबार मात्र १५५ जनाको मृत्यु भएको छ, र योसहित न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण अमेरिकामा २ हजार १८५ जनाको मृत्यु भइसकेको छ । छिमेकी राज्य न्यूजर्जीमा ११ हजार १०० भन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया