Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकद्वारा पाटन अस्पताललाई २० थान पीपीई सहयोग

सनराइज बैंकद्वारा पाटन अस्पताललाई २० थान पीपीई सहयोग


काठमाण्र्डौं,चैत १७
सनराइज बैंकले पाटन अस्पताललाई २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले अस्पतालका डा. विष्णुप्रसाद शर्मालाई सो मात्राको पीपीई हस्तान्तरण गरेका हुुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताएका छन् ।विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ । त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरूले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ ।यो कठिन परिस्थितिमा काम गरिरहनुभएका तमाम डाक्टर र नर्सहरूले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौँ, बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने प्रमुुख कार्यकारी पौडेलले बताए । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९४ करोड ४३ लाख ८८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७९ करोड २४ लाख ४५ हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार रूपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ८२ अर्ब १५ करोड ५८ लाख १४ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड ७८ लाख ५३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब चार करोड ७४ लाख ३६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने भने बितरणयोग्य नाफा ५१ करोड ९० लाख ३८ हजार रूपैयाँ छ ।गत आवको सोही अवधिमा भने बैंकले ७५ अर्ब ४३ करोड २१ लाख ५१ हजार रूपैयाँ निक्षेप संंकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख १० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७२ करोड १४ लाख नौ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया