समिट लघुवित्तले कमायो चार करोड ४२ लाख
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा चार करोड ४२ लाख २१ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा ११ करोड ७४ लाख १६ हजार रुपैंयाँ रहेको थियो ।
चुक्ता पुँजी ५६ करोड १० लाख रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा एक अर्ब ३६ करोड ४० लाख ६४ हजार रुपैंयाँ निक्षेप संकलन गरी छ अर्ब सात करोड २६ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ४१ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको खराब कर्जा चार दशमलव १६ प्रतिशत छ । लघुवित्तको प्रोभिजन रकम चार करोड ९४ लाख ८० हजार रुपैंयाँ छ ।
गत आ.व.को सोही अवधिमा लघुवित्तले एक अर्ब ३२ करोड ७७ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८३ करोड २६ लाख दुई हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २३ करोड ३२ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको प्रोभिजन रकम दुई करोड २७ लाख ४९ हजार रुपैयाँ थियो । सो अवधिमा लघुवित्तको निष्क्रिय कर्जा एक दशमलव ७६ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया