मुक्तिनाथ विकास बैंकद्वारा वृक्षारोपण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंको टोखा नगरपालिका वडा नं १ मा निर्माणाधीन शान्ति पार्कमा एभोकाडोको बिरुवा रोपेको हो । हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण दिवसमा यस वर्षको नारा ‘बिट प्लास्टिक पोलुसन’ रहेको छ ।
टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा सञ्चालन भएको थियो । कार्यक्रममा टोखा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर १ का वडाध्यक्षलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, मुक्तिनाथ फाउन्डेसनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेसनका सञ्चालक, मुक्तिनाथ समूह र रोयल सहकारीका अध्यक्ष, सञ्चालन, प्रमुख कार्यकारी अधिकृतलगायत उल्लेख्यरूपमा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले नगरलाई हरियाली बनाउँदै स्वच्छ र सफा नगर बनाउने दीर्घकालीन योजना रहेको बताए । साथै, मुक्तिनाथ समूहलाई फोहोर व्यवस्थापन र अन्य साझा कार्यक्रममा पनि सहकार्य गर्न पहल गर्ने बताए ।
साथै, मुक्तिनाथ फाउन्डेसनका अध्यक्ष ढकालले, वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी अभियानमा यही २० गते वाग्मती सफाइ महाअभियानमा सहभागी हुँदै सुरु गरेको र आगामी पाँच वर्षमा फाउन्डेसनको अगुवाइ तथा मुक्तिनाथ समूहसहित विभिन्न सरकारी र गैरसरकारी निकायको सहकार्यमा कम्तीमा १० लाखभन्दा बढी फलफूल तथा काष्ठजन्य बिरुवाहरू रोप्ने लक्ष्य राखेको बताए । यसले वातावरण संरक्षणको साथै खाली रहेको जग्गाको सदुपयोग गर्दै कृषक र स्थानीय बासिन्दाहरूलाई विभिन्न आम्दानीको स्रोतहरू उपलब्ध हुने उल्लेख गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया