नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औँ वर्षमा
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औँ वर्षमा प्रवेश गरेको छ । महासंघले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी ३४ औँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा सहभागीहरूले नेपालको आर्थिक रूपान्तरण वाहक र समावेशी अर्थतन्त्र निर्माणको आधारस्तम्भ लघु घरेलु तथा साना उद्योगहरू फस्टाउन सके अर्थतन्त्र समृद्ध हुने बताए । उनीहरूले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्ध बन्नेमा जोड दिए ।
नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले यस्ता उद्योगीहरूले आवश्यकता महसुस गरेर २०४७ सालमा महासंघ स्थापना गरिएको बताए । साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासंघको आवश्यकता परेको भन्दै उनले अबका दिनमा महासंघले आफ्नो स्वरूपलाई परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीयस्तरमा पनि छ । तर लघु, घरेलु तथा साना उद्योगीहरू समक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय निकायमा हुनेहरू क्रियाशील बनौं’, उनले भने ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर सुरुवात गरेको महासंघ आज सातवटै प्रदेश, ७७ वटै जिल्ला र ३४१ वटा पालिकामा पुगेको बताए । सरकारको २६ वटा समितिमा महासंघ पुगेको उनले जानकारी दिए । छ लाखको हाराहारीमा रहेका लघु, घरेलु तथा साना उद्योगीहरूलाई सरकारले मान्यता दिएर ती उद्योगीहरूको प्रतिनिधिमूलक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघलाई हरेक समितिमा राखेको उनले बताए । ‘समितिहरूमा साना उद्योगीहरूको समस्या र आइपरेका समाधानका उपायहरू अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं’, उनले भने ।
महासंघका पूर्वअध्यक्ष सुरेश प्रधानले स्थानीय स्रोत साधनमा आधारित उद्योग व्यवसायको प्रवद्र्धनबाट मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताए । महासंघको ३४ औँ वार्षिकोत्सवमा केन्द्रका साथै प्रदेशस्तरमा, जिल्लास्तरमा र पालिकास्तरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया