सेयर बजारको उकालो यात्रा कायम नैं
सात अंकले उकालो लाग्दा दुई अर्ब ३० करोडको सेयर खरिद–बिक्री
काठमाडौं । सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि उकालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से सात दशमलव २७ अंकले उकालो लागेर १९ सय ३९ दशमलव ६१ बिन्दुमा कायम रहेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव शुन्य पाँच अंकले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७३ वटा कम्पनीहरुको ४३ हजार एक सय २८ पटक सेयर कारोबार भएको छ । जसबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौं सय ३१ रुपैयाँ पुग्न सफल भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको कारोबार हुँदा बाँणिज्य बैंक, जलबिद्युत, होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक ओरालो लागेपनि बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया