Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदसैँका लागि सहुलियत दरका खसी, बोका, च्याङ्ग्रा काठमाडौमा सोमबारदेखि किन्न पाइने

दसैँका लागि सहुलियत दरका खसी, बोका, च्याङ्ग्रा काठमाडौमा सोमबारदेखि किन्न पाइने


काठमाडौं । दसैँको लागि खसी, बोका र च्याङ्ग्रा काठमाडौंमा सोमबारदेखि किन्न पाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद प्रक्रिया सकिएसँगै खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा सोमबार बिहानदेखि काठमाडौं भित्रिने र सोही दिनदेखि बिक्री थालिने भएको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार यो वर्ष दुई हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो । उनले खसी, बोका र च्यांग्राको मूल्य भने बिक्री थाल्नु अघि तय गरिने बताइन् ।

यस वर्ष धादिङ, मकवानपुर र दाङबाट करिब दुई हजार खसी र बोका खरिद गरेर ल्याइँदैछ । दाङको तुलसीपुरबाट खरिद गरिएको खसी र बोका सोमबार बिहानसम्म काठमाडौं आइपुग्ने सुवेदीले बताइन् । त्यस्तै, धादिङ र मकवानपुरबाट खरिद गरिएको खसी र बोका पनि कमाठमाडौं ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

यस वर्षका लागि रसुवाबाट सहकारीमार्फत कम्पनीले एक हजार च्याङ्ग्रा खरिद गर्दैछ । जिल्लास्थित सहकारीहरुले उक्त च्याङ्ग्रा काठमाडौं पठाउन छलफल चलिरहेको कम्पनीले जनाएको छ । काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ । खसी, बोका र च्याङ्ग्राका लागि संस्थानले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया