मेधावी सहकारीले १५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । मेधावी बचत तथा ऋण सहकारी संस्थाले सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको ९औँ साधारणसभाले लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका व्यवस्थापक हिरण्यराज उप्रेतीले संस्थाको आ.व ७९/८० को संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । सो आर्थिक वर्षमा संस्थाको वासलत १३ करोड ४८ लाख रूपैयाँ रहेको छ । यस्तै संस्थाको सेयर पुँजी एक करोड ३४ लाख रूपैयाँ, निक्षेप १० करोड ४३ लाख रूपैयाँ, कर्जा लगानी ११ करोड ४८ लाख रूपैयाँ र जगेडा कोष ४७ लाख १६ हजार रूपैयाँ रहेको व्यवस्थापक उप्रेतीले बताए । यसैगरी सभामा सहकरीका उत्कृष्ट सञ्चालक, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ज्येष्ठ नागरिक तथा प्लस टु उत्कृष्ट छात्र/छात्रालाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष डा. सुभाषकुमार घिमिरेले सहकारी क्षेत्र कठिन समयमा रहेको बेलमा पनि आफ्नो संस्थाले १५ प्रतिशत लाभांश दिनसक्नु सहकारीको विषेश र सबल पक्ष भएको बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले नेपालको बिरामी अर्थतन्त्रलाई पुँजी परिचालन तथा मौद्रिक नीतिमार्फत सहज गर्न सकिने बताएका थिए । संस्थाका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको साधारणसभामा बागमती प्रदेशका पूर्वसासंद नरोत्तम वैद्य, दोलखा जिल्लाका पूर्वजिल्ला विकास समितिका सभापति रुद्रबहादुर खड्का, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष रवीन्द्र खड्कालगायतको उपस्थिति थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया