Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभियतनामी स्वाद अब लाजिम्पाटमा

भियतनामी स्वाद अब लाजिम्पाटमा


काठमाडौं । भियतनामी परिकारका पारखीहरूलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेस्टुरेन्ट’ खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेस्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरे ।

कार्यक्रममा श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको बताए । नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा रेस्टुरेन्ट पारखी नेपालीलाई स्वस्थ खाना खुवाउन फो ९९ सफल हुने उनको विश्वास छ । रेस्टुरेन्ट सञ्चालक नवीन सारुका अनुसार भियतनामी खानेकुरा सामान्यतया ताजा जडीबुटीहरू जस्तै, सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसी आदिबाट तयार पारिन्छन् । प्रायः माछाको चटनी, झिंगेमाछा (प्राउन)को पेस्ट वा सोयाबिन सस पाइने यो रेस्टुरेन्टमा भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्री हालेर पकाइने रेस्टुरेन्टको दाबी छ ।

सन् २०११ मा युवा व्यवसायी सारुले स्थापना गरेको फो ९९ ले यसअघि काठमाडौंको बौद्धनाथ र ललितपुरको झम्सिखेलमा पनि भियतनामी स्वाद पस्किँदै आएको छ । कम मसला हुने भएकाले भियतनामी खाना संसारभर लोकप्रिय छ । रेस्टुरेन्ट सञ्चालक सारुले नेपाल घुम्ने भियतनामीहरूको संख्या बढिरहेको र नेपाली उपभोक्ताले पनि भियतनामी खाना रुचाउने भएकाले शाखा विस्तार गरिएको बताए । ‘जब हामीले २०११ मा सुरु ग¥यौं, हामी नेपालमा पहिलो पूर्ण भियतनामी रेस्टुरेन्ट थियौं’, उनले भने, ‘त्यसबेला धेरैलाई भियतनामी खानाको बारेमा धेरै थाहा थिएन भने नेपाल घुम्न आउने भियतनामीहरूको संख्या पनि न्यून थियो ।’

फो ९९ मा ‘भियतनामी ग्रिल फिस विथ लेमन ग्रास’ पारखीले निकै मन पराउने गरेका छन् भने भियतनामी नुडल्स पनि प्रख्यात छ । भियतनामी आइस टि र हट कफीसँगै नरिबल जुसको स्वाद पनि यहाँ पाइने रेस्टुरेन्टले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया