Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एयरलाइन्सद्वारा इन्टरनेट बुकिङ इन्जिनको सुरुवात

हिमालय एयरलाइन्सद्वारा इन्टरनेट बुकिङ इन्जिनको सुरुवात


काठमाडौं । हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आईवीई) सेवा सुरु गरेको छ । डेस्कटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार टिकट बुकिङ गर्न सकिने यो सुविधा एयरलाइन्सको वेबसाइट हिमालय–एयरलाइन्स डटकममा गएर लिन सकिन्छ ।

कम्पनीका अनुसार यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् । यस्तै, युनियन पे र कनेक्टआईपीएसमा पनि चाँडै नै यो सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवाको उपभोग गर्न सकिनेछ । एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरू चयन गर्नेजस्ता विभिन्न सेवाहरू पनि ल्याएको छ । साथै, यात्रुले विमानस्थलमा समय बचत गर्नका लागि अनलाइन चेक–इन पनि गर्न सक्ने व्यवस्था एयरलाइन्सले गरेको छ ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी सदैव तत्पर रहेको बताए । सोहीअनुरूप अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ इन्जिन सेवाको घोषणा गरिएको उनको भनाइ छ ।

हिमालय एयरलाइन्स नेपाल–चीनबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । हिमालय एयरलाइन्ससँग हाल चारवटा विमान, तीन एयरबस ३२०–२१४ र एक एयरबस ३१९–११५ रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया